कास्कीको हेमजामा ११ औं राष्ट्रिय आलु महोत्वस हुने


कास्की । ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका युवाले सघाउने प्रतिबद्धता गरेका छन् । महोत्सव यही चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हुदैछ ।

मूल आयोजक समितिले आज राखेको युवाको भेलाका सहभागिले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्घता जनाएका हुन् ।

भेलाले आलु महोत्सवमा हेमजा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ ।

महोत्सव आकर्षणहरूमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुती, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।