नेप्से १७ अंक बढ्दा लघुवित्तमा पहिरो


काठमाडौं । केही सातादेखि लगातार घट्दै आएको सेयरबजार आज भने दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १७ अंकले बढेपनि कारोबार रकममा उल्लेख्य सुधार आएन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १७.७० अंकले बढेर १९०७ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक २.०४ अंकले बढेर ३५८.०३ अंकमा पुगेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका १३ वटा उपसमुहमध्ये लघुवित्त उपसमुहबाहेक सबै उपसमहुको सेयर बढेको छ ।

आज नेप्सेमा हिमालयन डिष्टिलरी लिमिटेडको सार्वधिक कारोबार भएको छ । कम्पनीको ५करोड ९० लाख ८० हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सुपरमाई हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सुेयरमूल्य १० प्रतिशतले बढेर सकात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । कुल २६१ कम्पनीको ४३ लाख ८ हजार ६ सय ४५ कित्ता सेयर किनबेच हुँदा १ अर्बै ३८ करोड २७ लाख ६७ हजार ९ सय ९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।