नेशनल लाईफ इन्स्योरेन्सका उत्कृष्ट अभिकर्तालाई घलेगाउँ भ्रमण


काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सले कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई पर्यटकीय स्थल घलेगाउँ भ्रमण गराएको छ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्तालाई ३ रात ४ दिनको घलेगाउँ भ्रमण गराएको हो ।

भ्रमणमा अभिकर्ताहरुलाई कलाकार सन्दिप क्षेत्रीसँग साक्षात्कार गराइ मनोरञ्जन प्रदान गरिएको थियो ।

देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल करिब २५० जना अभिकर्तालाई घलेगाउँ भ्रमण गराइएको कम्पनीले जानकारी दिएको छ । घलेगाउँ भ्रमणका क्रममा त्यहाँको स्थानीय साँस्कृतिक कार्यक्रम प्रस्तुतीका साथै मनोरम दृष्य अवलोकन समेत गराईएको थियो ।

घलेगाउँ भ्रमण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

भ्रमण पश्चात पोखरामा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने, अभिकर्ता समूहको वृत्ति विकासलाई सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएकाे बताए ।