एसएमईकाे लागि धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावलीको मस्यौदा सार्वजनिक


काठमाण्डौँ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साना/मझौला उद्योग (एसएमई) संचालनको लागि आवश्यक पर्ने नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ । एसएमईले कम्तिमा ३० प्रतिशत आईपीओ जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा तयार सार्वजनिक गर्दै सरोकारवालासँग १५ दिनभित्र राय सुझाब माग गरेको छ ।

मस्यौदामा साना तथा मझौला उद्योगहरुले जारी पुँजीको कम्तिमा ३० प्रतिशत तथा बढीमा ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न पाउने व्यवस्था गरिएको छ ।