कामना सेवा विकास बैंककाे लाभांश घोषणा


काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्नेगरि गर्ने लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसम्ध्ये ४ दशमलव ४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव २३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।