‘पर्यटन प्रवर्द्धनका लागि सरकारको तर्फबाट जोडिन पाए राम्रो हुन्थ्यो’


काठमाडाैँ । पूर्व गोरखा सैनिक हरि बुढा मगरले पर्यटन प्रवद्र्धनका लागि सरकासँग जोडिन पाए धेरै भन्दा धेरै विदेशी पर्यटकहरूलाई नेपाल भित्र्याउने बताए । उनले आफूसँग धेरै विदेशीहरू जोडिएकाले उनीहरूलाई नेपालमा ल्याउनका लागि सरकारसँग जोडिनसके सहज हुने बताएका हुन् ।

मागर बुधबार काठमाडौँबाट सगरमाथा आरोहणका लागि सगरमाथा क्याम्पतिर प्रस्थान गर्नेछन् भने उनले सगरमाथा आरोहण आफैँमा चुनौतिको विषय भएको बताउँदै आफूले सफल आरोहाण गर्ने विश्वास व्यक्त गरे । उनलेआफ्नो परिचय नेपालमा भन्दा पनि बाहिर धेरै रहेको र सरकारसँग जोडिएर काम गर्नसके पर्यटकहरूको वृद्धि गर्न आफूले सकारात्मक भुमिका खेल्ने बताएका हुन् ।

उनले सरकारले आफ्नो क्याम्पेनसँग सरकारले हातेमालो गरे नेपालमा विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने बताए । उनले कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ’स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत मगर हुन् ।आफ्नो काममा अहिले १६ जना नेपालीहरूलाई रोजगारीको अवसर दिएकोमा गर्व लागेको मगरले बताए ।

सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुबै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुबै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् ।

बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छ्न् । उनले सन् २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने । त्यस्तै उनकाे जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा भएको हो ।