मिटरब्याज पीडितको दिवा खाजा प्याज र चिउरा, यस्तो छ दैनिकी (फोटो फिचर)


न्याय माग्दै काठमाडौँ आएका मिटरब्याज पीडित जनताले दिवा खाजाको रुपमा प्याज र चिउरा खाने गरेका छन् । विभिन्न २४ जिल्लाबाट सयाैँकाे संख्यामा आएकाे मिटरब्याज पीडित टोली पाँच दिनदेखि काठमाडौँकाे शान्ति बाटिकामा बसेका छन् । बिहान १० बजे निस्केर सरकारी निकाय र सार्वजनिक स्थलमा प्रदर्शनी गर्दै टोली बेलुका ६ बजेतिर शान्ति बाटिकामा फर्कने गरेका छन् । कतिपय र्‍यालीमा हिड्दै गर्दै बिरामी परेका छन्। न्याय पाइने आशामा थप संख्यामा काठमाडौँ आउने क्रम जारी छ । पीडितहरूले सरकारको आश्वासनप्रति विश्वास नगरेको पाइएको छ ।

शब्द /तस्बिरः पुष्पा पाल