करमा लगाएको जरिवाना मिनाहा गरिने


काठमाडौँ । सरकारले विगतदेखि कर चुक्ता गर्न नसकेका उद्योग, व्यावसायलाई करमा लगाइएको जरिवाना मिनाहा गर्ने तयारी गरेको छ ।

सत्ता गठबन्धनले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रममा विगतदेखि कर चुक्ता गर्न नसकेका उद्योग, व्यावसायलाई करमा लगाइएको जरिवाना मिनाहा गरी बाँकी बक्यौता कर किस्तावन्दीमा तिर्ने सुविधा उपलब्ध गराउने जनाएको छ ।

कर प्रणालीलाई प्रगतिशील र व्यवसायमैत्री बनाउने उल्लेख गरेको छ । राजस्व प्रशासनलाई चुस्त, दुरुस्त तथा करदातामैत्री बनाउने, कर छली, आयातमा न्युन विजकीकरण, चोरी पैठारी, तस्करी तथा हुण्डी कारोबारजस्ता गतिविधिको अन्त्य गर्ने उल्लेख गरिएको छ ।

राजस्वको दायरा बढाउन अनौपचारिक आर्थिक गतिविधिलाई औपचारिक क्षेत्रमा ल्याउने जनाइएको छ ।