भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको रथ तयार हुँदै(फाेटाे फिचर)


काठमाडौं। बिस्केटको रथयात्राका लागि रथ तयार गरिदै  छ । यस वर्ष चैत्र २७ गतेदेखि भक्तपुरमा बिस्केट रथयात्रा सुरू हुनेछ । भक्तपुरको पाँचतले र भैरवनाथको मन्दिरमा प्यागोडा शैलीको ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ तयार गरिदैछ । 

नयाँ वर्षको आगमनसँगै सुरू हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा भक्तपुरमाआठ रात नौ दिनसम्म धुमधामकासाथ मनाइन्छ । बिस्केट जात्राको ल्योसिं हेर्नाले सुख, समृद्धी, सहकाल आउनुका साथै शत्रु नाश हन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता पनि भन्ने गरिएको इतिहास छ । जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा सुरू हुन्छ । प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट ल्याइएको भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधि अनुरूप पूजाअर्चना गरी पाँचतले मन्दिर प्रांगणबाट जात्रा सुरु गरिन्छ । 

रथको अगाडि र पछाडिबाट डोरी तानातान गरेर आ आफ्नो टोलमा लैजान खोजिन्छ । यसरी तान्दा रथ जुन टोलमा पुग्छ त्यही टोल विजयी भएको मानिन्छ । यो रथलाई स्थानीय गहिटी टोलमा पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन हुन्छ ।

शब्द/तस्विरः पुष्पा पाल

भिडियाे सामाग्रीः https://youtu.be/jCNxfesmIEA