रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी


रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएको छ ।

माधवनारायण नगरपालिकाको वडा नं। ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो । एक घरबाट सल्कीएको आगोले मानपुर बस्तीका २० भन्दा बढि घरमा आगोलागी भएको हो ।

आगो अहिलेसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । घटनास्थलमा दमकल र सशस्त्रको टोली पुगेको छ । आगो निभाउने कार्य जारी छ ।