काठमाडौँ । आज प्रहरीले पत्रकारमाथि गरेको धरपकडबारे कुनै पूर्व जानकारी नभएको भन्दै प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञ दीपा दाहालले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीले निर्देशन दिइसकेको जानकारी गराएकी छन् । पक्राउको घटनामा प्रधानमन्त्री तथा सचिवालय र प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको दाहालले स्पष्ट पारेकी छन् । साथै, उक्त घटनाबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत प्राप्त नभएको उनले स्पष्टिकरण दिएकी छन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्रीले सम्बन्धित निकायलाई नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न र कुनै पनि सञ्चारगृह वा समाचार कक्षमा प्रवेश गरी धरपकडजस्ता गतिविधि नगर्न स्पष्ट निर्देशन दिएको प्रेस विज्ञ दाहालको भनाई छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की बर्खास्त गर्ने र न्यायाधीस घुस लेनदेनमा मुछिएको विषयमा प्रहरीले आज तीन पत्रकारलाई पक्राउ गरेको थियो भने विभिन्न मिडिया हाउसमा प्रहरी परिचालन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्