ब्याजदर घटाउने बैंकर्स संघकाे निर्णय


काठमाडौँ । वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्ने भएको छ । नेपाल बैकर्स संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरहेको हो ।

वैशाख १ गतेदेखि लागु हुने गरी निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरिएको जनाइएको छ ।

बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको हो।

बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत र कल निक्षेपको ब्याजदर २.७ प्रतिशत रहने जनाइएको छ ।