महासंघकाे वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी


काठमाडाैँ। नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्।

ढकालले ६१ मत प्राप्त गरेका छन् भने अन्जन श्रेष्ठ प्यानलका मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७ मत प्राप्त गरेका छन् ।

कार्यकारी समितिकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अञ्जन श्रेष्ठ, क्वेष्ट फर्मास्यूटिकल्स प्रा.लि.का उमेशलाल श्रेष्ठ र त्रिवेणी स्प्रिनिङ मिल्स प्रा.लि.का सामचन्द्र संघई तीन प्यानल भित्र रहेर विभिन्न पदमा चुनाव भएकाे हाे ।