९ महिनामा व्यापार घाटा करिब ११ खर्ब


काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा १२ खर्ब रुपैयाँ बराबर आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार २०७९ चैतसम्म १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँ बराबरको आयात भएको हो ।

निर्यात भने १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबर भएको भन्सार विभागले जनाएको छ । नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँ बराबर भएको छ ।

नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबर रहेको छ ।