११ प्रतिशतले बढ्यो प्रभु बैंकको मुनाफा, प्रतिसेयर आम्दानी कति ?


काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकको मुनाफामा वृद्धि भएको छ । बैंकले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत्र मसान्तसम्ममा बैंकको मुनाफा ११.५० प्रतिशतले बढेको हो ।

चालु आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिमा बैंकको मुनाफा १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद व्याज आम्दानी ६ अर्ब ६८ करोड १४ लाख २६ हजार रुपैयाँ रहेको छ भने गत वर्ष सोही अवधीमा बैंकले ४ अर्ब ३२ करोड ३१ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तेस्रो त्रैमाससम्म बैंक सञ्चालन मुनाफा ६.२० प्रतिशतले बढेर २ अर्ब ७१ करोड ९४ लाख ८५ हजार रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष सोही अवधीमा बैंक संचालन मुनाफा २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँमा सीमित थियो।

बैंकको वितरणयोग्य नाफा १८ करोड २९ लाख ५६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

बैंकले २ खर्ब ७७ अर्ब ४५ करोड १९ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब २७ करोड ९ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.२१ प्रतिशतबाट बढेर ३.४८ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०७ पैसा रहेको छ ।