४८ हजारदेखि ८ लाख ७५ हजार मूल्यसम्मका आर्टहरू (फाेटाेफिचर)


काठमाडौं । गत बुधबारबाट बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा कलात्मकनगरी भक्तपुरका कलाकारहरूले तयार पारेका कलाकृतिको प्रदर्शनी चलिरहेकाे छ । भक्तपुरबाट कान्तिपुर शिर्षकमा गरीएको यस प्रदर्शनीमा परम्परागत कला र समसामयिक कलाका कलाकृतिहरू पनि राखिएका छन् । भक्तपुरका परम्परागत र समसामयिक कलाकारलाई एकै ठाउँमा उभ्याएर परिचित गर्न र स्थानीय बजारमा कला प्रवर्द्धन गर्नको लागि यो प्रदर्शनी महत्वपूर्ण रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसधा सदस्य कलाकार सुन्दर सिंख्वालले बताए । उनका अनुसार प्रदर्शनीमा ४८ हजारदेखि ८ लाख ७५ हजार मूल्यसम्मका कलाकृति राखिएको छ । समसामयिक कलाकार अशुराम खाइजुले सिनियरदेखि जुनियरसम्मका कलाकार एकै ठाउँमा आउनु नै यस प्रदर्शनीको महत्वपूर्ण भएको बताए । 

शब्द/तस्बिरः पुष्पा पाल