घरजग्गा व्यावसायीले भेटे प्रधानमन्त्री : जग्गाको कित्ताकाट पूर्ववत अवस्थामा फर्काउने आश्वासन


काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर रियल इस्टेट क्षेत्रका समस्या समाधानका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्न ज्ञापन पत्र बुझाएको महासंघका अध्यक्ष भेषराज लोहनीले बताए ।

“जग्गा कित्ताकाट खोल्ने भनेर ८ दिन अगाडि मन्त्रिपरिषद्ले निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन,” लोहनीले भने ,“किन कार्यान्वयनमा आएन भनेर हामीले बुझ्न खोजेको मन्त्रिपषिद्को निर्णय एउटा राजपत्रमा अर्कै प्रकाशित भएको छ भन्ने कुरा आएको छ । कित्ताकाटको काम पूर्ववत अवस्थामा फर्काउन आग्रह गरेका छौं ।”

रियल इस्टेटमा भएकाे समस्याले अर्थतन्त्रको गति रोक्ने काम भयो कित्ताकाट छोड्न पर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिएको लोहनीले बताए ।

उनले भने ‘उहाँले निर्देशन दिनुभयो । तर त्यसको अधिकारिक पेपर आएको छैन । केही कुरा रोकिएका छन् भन्रे कुरा आए त्यो हामीले कुरा गर्यौ । उहाँलाई थाहा रहेनछ । प्रधानमन्त्रीले जग्गा कित्ताकाट पूर्वअवस्थामा छोड्नको लागि निर्देशन दिनुभयो ।’

प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा कित्ताकाटको विषय छिटो कार्यान्वयन गर्न निर्देंशन दिएको महासंघका सचिव श्यामसुन्दर बकेले बताए ।

उनले भने,“हामीले एउटा ज्ञापन पत्र दियौँ । मन्त्रीपरिषद्को बैठकमा पनि छिटो गर्न पर्यो भनिएको रहेछ । प्रधानमन्त्रीले मुख्य सचिवलाई बोलाएर अस्तिको निर्णय के भयो भनेर सोध्दा पहिलाको अवस्थामा ल्याउने निर्णय भएको छ भन्नुभयो ।”

प्रधानमन्त्रीलाई भेटेर महासघंले निम्न मागहरू राखेका छन् :