बैंकमा खराब कर्जा बढेसँगै मुलुकको अर्थतन्त्रमा थप चुनौती थपियो : उपाध्यक्ष कोइराला


काठमाडाैँ । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौति थपिएको बताए ।

गत शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमा बोल्दै उपाध्यक्ष कोईरालाले अघिल्लो असार महिनामा १.२ प्रतिशत रहेको बैंकहरूको खराब कर्जा (एनपीए) अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको बताएका हुन् ।

उनले मुलुकका ५ वटा बैंकको मुनाफा घटेको तथा ३२ अर्ब बढीको कर्जा प्रवाह र २० अर्बको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरू भोग्नुपर्ने अवस्था देखिएको बताए ।

उपाध्यक्ष कोईरालाले  पछिल्लो समय बैंकहरूको निष्क्रिय कर्जाको ब्याजदर समेत बढ्दै गएको बताएका छन् । उनले बैंक तथा वित्तीय क्षेत्रबिरुद्ध भइरहेको अराजक आन्दोलनले अझ चुनौति बढेको भन्दै सरकारले तत्काल बैंक बिरुद्धको अराजक आन्दोलन रोक्न माग गरे । कोईरालाले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको करिब २५ देखि ३० प्रतिशत नाफा घट्ने दाबी गरे।

“पछिल्लो समय बैङ्कहरूले धेरै नाफा कमाए भनेर जसरी आम रूपमा चित्रण गरिएको छ । वास्तविकता त्यस्तो प्रकारको छैन । विश्व बैङ्किङ क्षेत्रलाई हेर्ने हो भने मुनाफा ८ प्रतिशतको हाराहारीमा हो । ५० प्रतिशत बैङ्कहरूले लागत कस्टभन्दा पनि कम नाफा गरिरहेका छन् । नेपालका बैङ्कहरूले पछिल्लो आर्थिक वर्षमा ११ प्रतिशत मुनाफा रहेको अवस्था थियो । अन्य उद्योगहरूको तुलनामा बैङ्किङ उद्योगको नाफा कम हो ।,’’ उनले भने, ‘‘पछिल्लो समय नेपालको कर्जा प्रवाह जिडिपीको भन्दा पनि बढी भएको कारण राष्ट्र बैङ्कले कर्जा नियन्त्रण गर्ने नीतिहरू लिएको देखिन्छ । अन्य सार्क देशको कर्जाको विस्तार हेर्दा नेपालमा पाँच वर्षमा कर्जा लगानीको विस्तार जिडिपी आकारभन्दा बढी भएको देखिन्छ ।’’

उपाध्यक्ष कोइरालाले पछिल्लो समय नेपालको कर्जा प्रवाह जीडिपी ग्रोथभन्दा बढी भएको कारण राष्ट्र बैङ्कले कर्जा नियन्त्रण गर्ने नीतिहरू लिएको बताए ।

कोइरालाले अहिले बैङ्किङ उद्योगमा ५४।४७ खर्ब निक्षेप सङ्कलन र ४८।४४ खर्ब कर्जा प्रवाह भइरहेको बताए। उनले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा २९८ अर्ब (५।४७ प्रतिशत) निक्षेप र १४७ अर्ब (३।३० प्रतिशत) ले कर्जा बढेको जानकारी दिए । उनले पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप सङ्कलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४।५ प्रतिशत) रहेको बताए ।

उनले भारतमा जिडिपी र कर्जा विस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा रहेको जानकारी दिए ।

उपाध्यक्ष कोईरालाले पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप संकलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको बताए ।

“बैंकको वित्तीय तथ्याङ्कमा धेरै बैंकहरुको निस्कृय कर्जाको ब्याजदर बढेको छ । गएको असर महिनामा १.२ प्रतिशत बैंकहरुको खराब कर्जा (एनपीए) अहिले ३.००८ प्रतिशतमा पुगेको देखिन्छ । ५ वटा बैंकको मुनाफा नै कम छ । ३२ अर्ब बढीको कर्जा प्रवाह गरेको देखिन्छ । २० अर्बको हाराहारीमा ब्याज उठेको देखिँदैन । यस्ता तथ्याङ्कहरुले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु पार गर्नुपर्ने देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको करिव २५ देखि ३० प्रतिशत नाफा घट्ने देखिन्छ भने ८ देखि १० अर्बको हाराहारीमा कर कम हुने देखिन्छ । उनले भने “

उनले बैंकबाट विभिन्न व्यापार व्यवसाय लिनको लागि लिएको ऋण समयमा नतिर्ने र बैंकले पटक–पटक जानकारी गराउँदा उल्टै बैंकका कर्मचारीको अपमान गरी बैंकिङ क्षेत्रलाई नै बदनाम गराउने प्रयास भइरहेको आरोप लगाएका छन् ।