यस्तो छ बालेनले सुधार्न खाेजेकाे तारमान्डू (फोटो फिचर)


काठमाडौँ महानगरपालिकाले १५ दिनभित्र अव्यस्थित तार हटाउन निर्देशन दिएको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै तोकेको समयमा तार हटाउने काम भएन भने १६ औँ दिन महानगरले कार्य समूह गठन गरेर अनावश्यक तार हटाउने काम थाल्ने मेयर वालेन साहले बताएका छन् ।

तार हटाउन नगर प्रहरी उपरीक्षकको नेतृत्वमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, एनसेल, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपालका प्रतिनिधि रहने गरी टोली गठन गर्ने महानगरको योजना छ । सडक किनारमा भएका विधुत प्राधिकरण र नेपाल टेलिकमका पोलमा तानिएका तारहरुमध्ये ७० प्रतिशत तार अनावश्यक रहेको बताइन्छ ।

काठमाडौँको पुतलीसडक, रत्नपार्क, न्युप्लाजा लगायतका क्षेत्रकाे दृश्य काठमाडौँ नभइ तारमान्डू भन्न मिल्ने देखिन्छ । अव्यवस्थित तार हटाएर सहरको सुन्दरता कायम गर्न महानगरपालिका सफल होला त? जनता प्रतिक्षामा छन्।

शब्द/तस्बिरः पुष्पा पाल