बजेट अभावका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण हुन सकेन : देवकोटा


काठमाडौँ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेट अभावका कारण निर्माण हुन नसकेको बताएकी छन् ।

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार निर्माण हुन नसक्दा पठन पाठनमा समेत समस्या भएको र यसको व्यवस्थापनका लागि सरकारसँग माग गरिन् ।

उनले भनिन्,“राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेटको अभावको कारण भौतिक पूर्वाधार निर्माण हुन सकेका छैनन् । जग्गा प्राप्ति हुन सकेको छैन । जसले गर्दा पठन–पाठनमा समस्या भएको छ । सरकार किन बेखबर छ ? समुचित व्यवस्थापनका लागि सरकारसँग माग गर्दछु ।”