लक्ष्मी कमर्सियल भेहिकलस् र एभरेष्ट बैंकबिच एसएमएल इसुजुका गाडी फाइनान्स गर्ने सम्झौता


काठमाडौँ । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेडबिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरूले २०८० बैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने छन् ।

लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरू, बिएमडब्लुका कारहरूको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो ।

लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरू र एसएमएल इसुजुका कमर्शियल गाडीहरूको आधिकारिक बितरकको काम गर्दै आएको छ ।

एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्शियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मुल्यको ७०% सम्म कर्जा लगानी गर्ने छ ।

यस्तो कर्जा बढिमा ७ बर्षसम्मका लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिए ।

यो सम्झौता पश्चात दुई संस्था बिचको ब्यापार बढाउन सहयोगी हुने र भबिष्यमा पनि सहकार्य गर्दैै अगाडि बढ्ने बैैकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले बताए ।

लक्ष्मी कमर्सियल भेहिकल्सका सबै शाखा कार्यालयहरू, डिलरहरूबाट एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड इश्वर दहालले जानकारी दिए ।

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्सियल भेहिकलस् प्रा.लि.ले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ ।

यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ ।

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ ।