उद्योग वाणिज्य महासङ्घको ऊर्जा समिति सभापतिमा ऊर्जा उद्यमी बटु लामिछाने


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको, ऊर्जा समिति सभापतिमा बटु लामिछाने मनोनित भएका छन् ।

महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्य लामिछानेलाई ऊर्जा समिति सभापति बनाइएको हो ।

सभापतिमा मनोनयनपत्र हस्तान्तरण गर्दै महासङघका अध्यक्ष अञ्जन श्रेष्ठले संस्थाको छवि तथा प्रतिष्ठालाई अझ बढी सशक्त रूपमा अघि बढाउन नवीकरणीय एवं ऊर्जा समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

समितिको सभापतिको जिम्मेवारीमा रहेर ऊर्जा तथा नवीकरणीय ऊर्जासम्बन्धी गतिविधि, नीति तथा कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सभापति लामिछानेले भूमिका निर्वाह गर्ने अपेक्षा महासङ्घले गरेको छ ।

लामिछाने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योग सञ्चालन गरिरहेको बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन् ।