नेपाल व्यवसाय शिखर सम्मेलन हुँदै


काठमाडौँ । काठमाडौँमा नेपाल व्यवसाय शिखर सम्मेलन, २०८० आयोजना हुने भएको छ । वैशाख २४ गते होटल याक एण्ड यती, दरबारमार्गमा नेपाल व्यवसाय शिखर सम्मेलन, २०८० हुन लागेको हो ।

कोमिड १९ को महामारी र विश्वमा विकसित विभिन्न राजनीतिकर आर्थिक परिघटनाहरुका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असरहरु देखा परिरहेको र आम जनजीवन समेत असहज बन्दै गइरहेको कारण अर्थतन्त्रका बारेमा आमरुपमा व्यापक चिन्ता र चासो बढेको कारण सम्मेलन गर्न लागेको जनाएको छ।

अहिलेको विषम् परिस्थितिमा नेपाल सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरु एकाकार भइ आर्थिक गतिविधिहरुलाई तिव्र बनाउनु र सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशिल बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको सिबिफिनले जनाएको छ ।

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) तथा नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा सम्मेलन सञ्चालन हुन लागेको हो ।

ुअर्थतन्त्रका वर्तमान चुनौति तथा समृद्धिको मार्गचित्र मूल विषयवस्तु रहेको उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरूमा विचार विमर्श हुने उल्लेख गरिएको छ ।

उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको, विभिन्न कारणले मागमा संकुचन आइ उत्पादन प्रभावित भएको जस्ता समस्या समाधानका विषयमा समेत सरोकारवालाहरुले प्रस्तुती दिने जनाइएको छ।

सिविनका अध्यक्ष पवनकुमार गोल्यानज्यूको अध्यक्षतामा सम्पन्न हुने सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समुहको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम, वरिष्ठ उद्यमी तथा प्रतिनिधिसभाका सदस्य विनोदकुमार चौधरी, वरिष्ठ अर्थशास्त्री तथा प्रतिनिधिसभाका सदस्य डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ।

यस्तै, उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जनस, एफएनसिसिआइका पूर्व अध्यक्ष भवानी राणा, सिएनआइका पूर्व अध्यक्ष हरिभक्त शर्मा म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के.सी वल्र्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेशनका प्रबन्ध निर्देशक जोसेफ अल्भान लगायत विभिन्न देशका राजदुतहरु, अर्थशास्त्रीहरु, उद्यमी–व्यवसायीहरु, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरुले कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ।