रू. ६५० को चार्जिङ्ग खर्चमा पूर्व देखि पश्चिमसम्मको यात्रा


काठमाडौँ । सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले पूर्व देखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सम्पन्न गरेका छन् । दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर ई१०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको जनाइएको छ ।

कम्पनीका अनुसार योे यात्राले वातावरण मैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ ।

६ रात ७ दिनको यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती शहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए ।
उनले सम्पूर्ण यात्राको समयमा चार्जिंग खर्च रु. ६५० मात्रै गरेको जनाइएको छ ।