नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा ढिलासुस्ती नगर्न लगानीकर्ताकाे माग


काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया ढिलासुस्ती नगरी तुरुन्त कार्यान्वयन गर्न लगानीकर्ताहरुले माग गरेका छन्।

सोमबार सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी पुँजी बजार सुधारका लागि लाइसेन्स वितरण लगायत विभिन्न ६ बुँदे माग सहित ज्ञापन पत्र बुझाएका छन ।

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्री डा. महतलाई खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न गरेको नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेलले बताइन् ।

केही दिनअघि सार्वभौम सत्तासम्पन्न संसदमा केही सांसदहरु नै लाइसेन्स वितरण प्रक्रिया लाई प्रभावित पार्ने उद्देश्य राखेर उठाइरहेको आवाजप्रति लगानीकर्ता संघसंगठनले आपत्ति जनाएका छन्।

अध्यक्ष पोख्रेलले भनिन् आमलगानीकर्तालाई नै दिग्भ्रमित पार्ने गरी यसरी संसदमा कुरा राखिनु कदापि लगानीकर्ताहरुका साथै समग्र नेपालको अर्थतन्त्रको हितमा हुँदैन ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुको प्रमुख मागका रुपमा रहेको खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज थप्ने प्रक्रिया क्याबिनेटबाट पास भई सबै कानुनी प्रक्रियाहरु पूरा गर्दै वितरणको प्रक्रिया अन्तिम चरणमा पुग्नै लागेको अवस्थामा राष्टिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद बैठकमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अबिलम्ब रोक्नु्पर्ने कुरा उठाएका थिए ।

लगानीकर्ताहरुले अर्थमन्त्री समक्ष निम्न मागहरु राखेका छन् ।

नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न ।

सेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने ।

१५०५ पुर्याइएको जोखिम भारित औसतलाई पुनः १००५ नै कायम गर्नुपर्ने ।

अल्पकालीन लगानीकर्तालाई ५५ र दीर्घकालीन लगानीकर्तालाई ३५ मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने ।

बैंक ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गर्नुपर्ने

तरलता समस्याको समाधान गर्ने व्यवस्था गर्नुपर्ने ।