नेसनल आइसिटी अवार्ड २०२२ बाट इन्फोडेभलपर्स सम्मानित


काठमाडौँ । नेपाल सरकारले नेसनल आइसिटी अवार्ड २०२२ (निजी क्षेत्र) बाट इन्फोडेभलपर्स प्रा. लि.लाई सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्‍याए वापत नेपाल सरकारले सम्मान गरेको हो ।

यसैगरी, पूर्व सहसचिव विरेन्द्र मिश्र नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२, नेशसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ वुमनबाट प्राध्यापक तिमिला यामी थापा, नेशनल आईसीटी अवार्ड (पब्लिक सेक्टर) २०२२ बाट सर्वोच्च अदालत र नेशनल आईसीटी इन्नोभेसन नवप्रवर्तन अवार्ड २०२२ प्रिक्सा टेक्नोलोजी र नेशनल आईसीटी अवार्ड २०२२ (प्राइभेट सेक्टर)बाट इन्फोडेभलपर्स प्रा. लि. र गर्भनेन्स अटोमेसन सोलुसन प्रा. लि. सम्मानित भएका छन्।

इन्फोडेभलपर्सले नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि महत्वपूर्ण सफ्टवेरहरु विकास गर्दै प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ । इन्फोडेभलपर्सले नेपालको पहिलो कोर बैंकिङ्ग सफ्टवेयर पुमरीलाई मर्ज गरेर नेपालसहित अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत काम गरिरहेको छ ।

इन्फोडेभलपर्सको १० भन्दाबढी महत्वपूर्ण सफ्टवेयर प्रडक्टहरु बजारमा छन् । कम्पनीका अनुसार पुमरी, मोबाइल बैंकिङ्ग सेवा, इन्फो ट्याब, वित्तीय सेवा, इन्फिनिटी लगायतका महत्वपूर्ण प्रडक्टहरुले फिनटेक क्षेत्रलाई डिजिटल युगमा परिवर्तन गर्न सघाउ पुर्याएको छ ।

यसैगरी आधुनिक बैंकिङ्गलाई लक्षित गरेर एआई र क्लाउडमा आधारित अन्तराष्ट्रिय स्तरको नयाँ सफ्टवेयर विकासको क्रममा कम्पनी रहेको जनाएको छ।

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ५ भन्दा बढी अवार्ड प्राप्त गरिसकेको छ । वार्षिक ६५ करोड बढीको कारोबार गरिरहेको कम्पनी इन्फोडेभलपर्सले डिजिटल नेपाल तथा डिजिटल रुपान्तरणको प्रयासमा योगदान समेत पुर्याइरहेको छ । कम्पनीका अनुसार हाल ३५० भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन्।