धितोपत्र बोर्डले थप १३ वटा ब्रोकर कम्पनीलाई दियो आशयपत्र


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) प्रदान गरेको छ ।

बोर्डको हिजो बुधबार बसेको संचालक समितिको बैठकले थप १३ कम्पनीलाई ब्रोकरेस सेवा सञ्चालनको लागि एलोआई प्रदान गरिएको सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

बोर्डले एलोआई प्रदान गरेका १३ वटै कम्पनी सिमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् । जसमध्ये २ वटा वित्तिय संस्था रहेका छन् भने बाँकी ११ वटा व्यक्तिगत संस्था रहेको बोर्डले जनाएको छ ।

यससँगै एलओआई पाउने ब्रोकर कम्पनीको संख्या २९ पुगेको छ। यसअघि सेबोनले १६ वटा कम्पनीलाई एलओआई दिइसकेको छ।