एक वर्ष भैसक्यो मेरो सवारी लाइसेन्स आएन : मन्त्री ज्वाला


काठमाडौं । भौतिक यातायात तथा पूर्वधार मन्त्री प्रकाश ज्वालाले सवारी लाइसेन्स छिटो दिने व्यवस्था गर्ने बताए ।

बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित एक अन्र्तरक्रिया कार्यक्रममा मन्त्री ज्वालाले १ वर्ष वितिसकदा पनि लाइसेन्स नपाएको बताए ।

उनले भने, ‘एक वर्ष भइसक्यो लाइसेन्स प्रिन्ट भएर आएको छैन।’

यातायात व्यवस्था कार्यक्रयका कर्मचारीले लाइसेन्स प्रिन्ट गरिदिउँ भनेपनि क्यूमै राख्न लगाएको बताए ।

‘कार्यालयका साथीभाईले मन्त्रीज्यू लाइसेन्स प्रिन्ट गरिदिउँ कि भन्नुभयो, तर मैले भने होइन, सर्वसाधारणको झै क्यूमा राख्नुहोस्, कैले पालो आउँदो रहेछ त्यही बेला लिउँला ।’ मन्त्री ज्वालाले भने ।

अहिले सवारी लाइसेन्स पास भएको डेढ वर्षसम्म पनि प्राय लाइसेन्स प्रिन्ट भएर आउँदैन । यातायात व्यवस्था कार्यालयले भने प्रिन्ट भएर आउन कम्तिमा ६ महिना समय लाग्ने ६ महिना पछि लाइसेन्स पाइने बताउँदै आएको छ ।