काठमाडौँ । चितवनका पोल्ट्री व्यवसायी शङ्कर कँडेलको मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन् ।
कँडेल सञ्चालक रहेको अनमोल फिड्सकै चार्टर एकाउन्टेट जीवन रावल पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका–८ घर भएका ३७ वर्षीय रावललाई गएराति बाराको सिमाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रावललाई राति नै चितवन ल्याईएको छ । मृत भेटिएका कँडेलसँगै भेटिएको ‘सुसाइट नोट’ का आधारमा कँडेलका परिवारले अनमोल फिड्सका चार्टर एकाउन्टेट रावल र शेयर सदस्य प्रदीप रुङ्गटा विरुद्ध किटानी जाहेरी दिएका थिए ।
रुङ्गटा भने पक्राउ पर्न सकेका छैनन् । कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेका थिए ।
सोही विवाद कँडेलको मृत्युको कारण भएको भन्दै परिवारले उजुरी दिएको छ । उनी मंगलबार साँझ चितवनको नारायणगढमा रहेको आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
प्रतिक्रिया दिनुहोस्