रिपोर्टिङमा गएका टेकपानाका सञ्चारकर्मीमाथि सुन्दर यातायातका अध्यक्षले गरे दुर्व्यवहार


काठमाडौं । समाचार सङ्कलनमा गएका पत्रकारमाथि सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले दुर्व्यवहार गरेका छन् । टेकपानाका पत्रकार तथा सञ्चारकर्मी सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको विद्युतीय बाइकको रिर्पोटिङको लागि गएका थिए ।

रिर्पोटिङको लागि पुगेको टेकपानाका सञ्चारकर्मीमाथि अध्यक्ष भेष बहादुर थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको टेकपाना मिडिया प्रा.लि. ले विज्ञप्ती जारी गर्दै जनाएको छ ।

“कम्पनीका अध्यक्ष थापाले नै टेकपानाका पत्रकार तथा सञ्चारकर्मीलाई आफ्नो कम्पनीले विकास गरिरहेको विद्युतीय मोटरसाइकलको विषयमा जानकारी दिएर रिपोर्टिङका लागि अनुरोध गरेका थिए,” विज्ञप्तीमा भनिएको छ, “सुन्दर यातायातका कर्मचारीसंगको समन्वयमै टेकपाना प्रतिनिधिले कम्पनीले विकास गरिरहेको विद्युतीय बाइकको विषयमा बुधबार रिपोर्टिङ गरेका थिए । रिपोर्टिङ सकिएपछि आइपुगेका कम्पनीका अध्यक्ष थापाले ब्याट्रीको भिडियो किन खिचेको भन्दै अमर्यादित शब्दको प्रयोग गर्दै भिडियो डिलिट गर्न लगाएका थिए।”

कम्पनीका अध्यक्ष थापाले नै टेकपानाका पत्रकार तथा सञ्चारकर्मीलाई आफ्नो कम्पनीले विकास गरिरहेकोविद्यतुीय मोटरसाइकलको विषयमा जानकारी दिएर रिपोर्टिङका लागि अनुरोध गरको टेकपानानले जनाएको छ ।

टेकपानाका अनुसार टेकपानाका प्रतिनिधिले कम्पनीको गोपनीयतामा आघात पु¥याउने उद्देश्य नभएको र गोपनीयता भङ्ग हुने कुनै पनि भिडियो प्रसारण तथा प्रकाशन नगर्ने आश्वस्त तुल्याउँदा पनि थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए ।