चिनारी फेरेर राष्ट्रघात भएको छ: ताेसिमा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले भुटानी शरणार्थी प्रकरणमा चिनारी फेरेर राष्ट्रघात भएको बताएकी छन् । ठूला दलहरु एकले अर्कालाई जोगाइरहने खेलमा लागेको उनकाे अाराेप छ ।

मंगलबार सांसद बैठमा बौल्दै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठुलाठुला निकाय र राजनेता संलग्न भएको समाचार बाहिर आउदा जोगाउन खोजीएको बताइन् ।

‘एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरिरहने अनि देश डुबाइरहने ?’ तोसिमाले प्रश्न गरिन, ‘अन्तराष्ट्रिय जगतमा नै देशलाई दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने ?’

एक महिला सांसदले टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाइन् । ‘भ्रष्टाचार मात्र होइन यहाँ चिनारी फेरेर राष्ट्रघात भएको छ, अपराध भएको छ,’ कारवाही हुनुपर्छ ।