संस्थागत आयकरको दर घटाउन सरकारलाई अध्यक्ष ढकालको सुझाव


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायमा लगानी आकर्षित गर्न संस्थागत आयकरको दर घटाउन सरकारलाई सुझाव लिएका छन् ।

महासंघले आज काठमाडौंमा आयोजना गरेको पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योग व्यवसायमा प्रतिष्पर्धी व्यवसायिक वातावरण बनाउँदै लगानी आकर्षित गर्नको लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको बताएका हुन् ।

उनले द्वन्द्वका बेला बढाइएको मूल्य अभिवृद्धि करको दरलाई आगामी बजेटमा सापेक्ष सुधार गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष ढकालले मूल्य अभिवृद्धिकरको दरमा सुधार गर्दा व्यावसायीको हितका लागि मात्र नभएर समग्र अर्थतन्त्रमा गुणात्मक प्रभाव पर्ने बताए ।

अध्यक्ष ढकालले वर्तमान सरकारले संकटमा रहेको अर्थतन्त्र सुधार गर्ने अपेक्षा गरेको बताए ।

उनले विगत ४५ वर्षमा प्रतिव्यक्ति आय औसत आम्दानी दक्षिण एशियामा सबैभन्दा कम दरमा बढेको उल्लेख गरे ।

प्रविधिको उच्चतम प्रयोगबाट शुसासन कायम गर्नेतर्फ बजेटले विशेष पहल गर्न आवश्यक रहेको अध्यक्ष ढकालको भनाई थियो ।

उनले भने,“अब प्रविधिको उच्चतम प्रयोगबाट सुशासन कायम गर्नेतर्फ बजेटले विशेष पहल गर्नु आवश्यक छ । नीतिगत सुधारले राजस्व प्रशासन र संकलनमा पनि सुधार हुनेछ ।”

अध्यक्ष ढकालले विगत १५ वर्षमा आधा घटेको अर्थतन्त्रमा उत्पादनमुलक उद्योगको हिस्सा बढाउन विशेष कार्यक्रम आवश्यक रहेको बताए ।

उनले उद्योगलाई सहज र सस्तो दरमा बिजुली उपलब्ध गराई प्रतिष्पर्धी बनाउन नीतिगत र व्यवहारिक समस्या समाधानका उपाय अवम्बन गर्नुपर्ने बताए ।

उनले साना तथा मझौला उद्यम प्रवद्र्धन गर्न परियोजना कर्जा, करमा सहुलियत, बजार विविधिकरणमा सहयोग पु¥याउन आवश्यक रहेको बताए । अध्यक्ष ढकालले साना उद्यमको संरक्षण दिगो अर्थतन्त्रको निर्माण भएको भन्दै थोरै लगानीमा रोजगारी सम्भव रहेको बताए ।

कृषि खाद्य सुरक्षाका लागि मात्र नभइ उद्योगहरुका लागि पनि कच्चा पदार्थ भएको भन्दै कृषिमा हालसम्म अवलम्बन गरेका नीति तथा कार्यक्रमले प्रभावकारी नतिजा निकाल्न नसकेको भन्दै कृषिको इकोसिस्टममै सुधार आवश्यक भएको उनको भनाई थियो ।