मौद्रिक नीति समीक्षा: दुई त्रैमास ऋणात्मक वृद्धि भएका क्षेत्रले पुनर्कर्जा सुविधा पाउने (पूर्णपाठ)


काठमाडौँ । पछिल्लो दुई त्रैमाससम्म ऋणात्मक वृद्धि भएका क्षेत्रले पुर्नकर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासको मौद्रिक नीति समिक्षा गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको तथ्याङ्कको आधारमा लगातार दुई त्रैमाससम्म ऋणात्मक वृद्धि भएका क्षेत्रले पुर्नकर्जा पाउने जनाएको छ ।

पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि भएका आर्थिक क्षेत्रहरुसँग सम्वद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनरकर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।