अर्थतन्त्रका सूचकहरू हेर्दा मुलुक अफ्ठेरो अवस्थामा छ : पूर्वअर्थमन्त्री पौडेल


काठमाडौँ । नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरु हेर्दा अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद पौडेलले अर्थतन्त्रका समस्या र चुनौतिको बिचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनुपर्ने माग गरे ।

उनले मुलुकको अर्थतन्त्रका समस्या र चुनौति समाधान गर्नको लागि सरकारले अर्थ समितिलाई साथ लिएर जान सक्नुपर्ने बताए ।

उनले भने,“ मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अफ्ठ्यारो अवस्थामा छौं । अर्थतन्त्रका समस्या र चुनौतिको बीचमा सरकार कसरी अगाडि बढ्छौं । त्यसमा समितिलाई समेत साथमा लिएर जो दायित्व सरकार अर्थमन्त्रीसँग हुनेगर्छ ।”

आगामी बजेटमा अर्थमन्त्रालय ,राष्ट्र बैंक,प्राकृतिक स्रोत तथा वित्त आयोग,लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धि आर्थिक सूचकहरू बारे अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने व्यवस्था गर्नुपर्ने उनको माग थियो ।