घर जग्गा काराेबार सुस्ताउदा उद्योग व्यवसाय पनि चलायमान भएन : अध्यक्ष मल्ल


काठमाडौँ । घर जग्गा काराेबार चलायमान नहुँदा उद्योग व्यवसायपनि चलायमान नभएकाे नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन्।

मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, शहरी विकास मन्त्रालय र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा मुलुकको आर्थिक वृद्धिमामा घर जग्गा क्षेत्रको सम्भावना नामक एक दिवसीय गोष्ठिमा बोल्दै मल्लले यस्ताे टिप्पणाी गरेका हुन् ।

मल्लले घरजग्गा व्यवासाय चलायमान नहुँदा राज्यमा संचालन भएका सिमेन्ट, रड तथा अन्य उद्योगहरूपनि चलायमान हुन नसकेकाे भन्दै राज्यले यसलाई चलायामन बनाउने निति ल्याउन आवश्यक रहेको बताए ।

सरकारले निजि क्षेत्रलाई समस्यामा पार्ने गरि ल्याएको नीति तथा ऐनले गर्दा लक्ष्य अनुसारको राजश्व संकलन गर्न समस्या मल्लले बताए ।

उनले भने, “सरकारले विदेशी मुद्राको संञ्चितमा कमि आएको भन्दै आठ महिना विलासिता वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा लक्ष्य अनुसारको राज्वश घुमाउन बाध्य भयो । अहिले घरजग्गा व्यवासायमा पनि कडाइ गर्दा चालु आर्थिक वर्षको यो अन्तिमसम्म ४५ देखि ५० प्रतिशतमात्र राज्वश संकलन गरेको छ ।”

विदेशी दलाल आएर जग्गा किन बेच गर्दा यहाँको व्यावसायीलाई समस्या परेको मल्ले बताए । यस्तो कार्यलाई तत्काल रोकेर ब्रोकर लाईसेन्स दिएर मात्र किनबेच गर्ने विधि लागू गर्नुपर्छ उनकाे भनाइ छ।

मल्लले निजी क्षेत्रलाई सुहाउने स्थिर निती नल्याउने बेलासम्म राज्यको अर्थतन्त्रमा सुधार नहुने स्पष्ट पारेका छन् ।