नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप ३ दिन थुनामा राख्न अनुमति


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप ३ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

२०७९ चैत १२ मा प्रहरीले भुटानी शरणार्थी प्रकरणमा केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुरका सानु भण्डारीलाई पक्राउ गरेको थियो ।

चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।

भुटानी नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाणसहित १४ जना जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका विभिन्न हिरासतमा राखिएको छ ।