भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्छः महालेखापरीक्षक शर्मा


काठमाडाैँ । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताएका छन्।

बुधवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवद्र्धनमा नागरिकको भुमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु बराबरी जिम्मेवार हुनुपर्ने बताएका हुन्।

उनले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताए। त्यसका साथै नागरिक पनि जिम्मेवार हुनुपर्ने उनकाे भनाइ छ। उनले राज्यका निकायहरुकाबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार भएको बताए।

उनले भने, “सबै राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु उत्तिकै जिम्मेवार हुनुप-यो । अझ नागरिक पनि उत्तिकै जिम्मेवार हुनुप¥यो । सबैले जिम्मेवारी एकअर्कामा पन्छाउने शिलशिलाले गर्दा, यसले हेर्ने हो, उसले हेर्ने हो भन्ने शिलशिलामा धेरै यस्ता अनियमितताहरु, विकृतिहरु, बेथितिहरु, भ्रष्टाचारका कुरा भएका छन् । त्यसमा सुधार हुनुपर्छ ।