२८ सय रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९० हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९३ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेर ४ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।