नेप्सेमा ३१ अंकको वृद्धि हुँदा झण्डै डेढ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ३१ अंकले बढ्दा कारोबार रकमपनि झण्डै डेढ अर्ब पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ३१.७२ अंकले बढेर १८७६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

बिहीबार कारोबार रकमका आधारमा नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८ करोड ३१ लाख ६४ हजार ३ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल २६३ कम्पनीको ३१ लाख ५ सय ६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड ७४ लाख ८३ हजार ४ सय ७० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।