सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने


काठमाडौँ । सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धनगरेर राज्यलाई आत्मनिर्भर बनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८० |०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो उत्पादन हाम्रो स्वाभिमान’ अभियान अन्र्तगत स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने र कृषि, प्राकृतिक स्रोत, ज्ञान र प्रविधिमा आधारित उद्योगको विकास गर्न औद्योगिक विकास गरिने बताएका छन् ।

उनका अनुसार लगानी योग्य पूजीँको अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्थाको अन्त्य गर्ने र रोजगारी, उद्यमशीलता उन्मुख स्वरोजगारीका लागि सिप पूजीँ र व्यवसायिकका लागि तालिम दिइने छ ।