निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउने सरकारको घोषणा


काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति रामचन्द्र पौडेलले विमानस्थल निर्माण कार्य अगाडी बढाउने घोषणा गरेका हुन् ।

निर्माण सम्पन्न भएका विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने सञ्चालनमा ल्याउने भएको छ ।

राष्टपतिले हवाइसुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरिने र वायुसेवा निगमको पुर्नसंरचना गर्ने नीति दिइने बताएका छन् ।