नीति तथा कार्यक्रम : गोरखकाली रबर उद्योग लगायत तीन उद्योग सञ्चालन गरिने


काठमाडौँ । सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति रामचन्द्र पौडेलले लामो समयदेखि बन्द रहेका उद्योगहरु संचालन, खारेजी र एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

पौडेलले संचालनको सम्भावनामा रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याउने घोषण गरेका छन् ।