नीति तथा कार्यक्रम :सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई साथ दिने


काठमाडौँ । सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई साथ दिने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति रामचन्द्र पौडेलले राज्यको सबै तह र संरचनामा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीतिलाई थप बढाईका साथ कार्यन्वयन गरिने बताएका हुन् ।

सरकारले अनियमिता, भ्रष्टाचार, करछली, लगायत सुशासन विरोधी क्रियाकलापमा जनताका गुनासालाई तत्काल प्रभावकारी रूपमा सम्बोधन गर्न भएको छ ।

पौडेलले प्रधानमन्त्रीको प्रत्यक्ष सुपरिक्षेणमा रहेको राष्ट्रिय सतर्कता केन्द्रलाई आवश्यक जनशक्ति प्रविधि दिएर क्रियाशील बनाउने बताएका छन् ।