नीति तथा कार्यक्रम : रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभ्ने


काठमाडौँ । सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभ्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०| ०८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति रामचन्द्र पौडेलले आर्थिक २०८०र८१ भित्र दुई संस्थालाई एक आपसमा गाभेर एकीकृत प्रसारण सेवाको प्रारम्भ गर्ने बताएका हुन् ।

प्रेस काउन्सिललाई नयाँ कानुनी व्यवस्था गरी मिडिया काउन्सिल बनाउने सरकारको योजना रहेको छ ।