काठमाडौँ । यात्री मोटरसाइकलले भाँचिएको चेसिसको बारेमा फेरि अर्को स्पष्टीकरण सावर्जनिक गरेको छ ।
सोमबार सामाजिक सञ्जालमा प्रसार भइरहेको यात्रीको चेसिसको तस्विरबारे स्पष्टीकरण दिँदै यात्रीले सो तस्बिर आन्तरिक परीक्षणको क्रममा रहेको र यसमा क्यामोफ्ल्याग नराखिएकोले शंका उत्पन्न भएको बताएको छ।
त्यसैगरी, सो तस्बिर पनि हालैको भएको कम्पनीले जनाएको छ । कम्पनीले परीक्षण र सुरक्षाको लागि यात्री पूर्ण रूपमा प्रतिबद्ध भएको र सन्दर्भविहीन सार्वजनिक गरिएको तस्बिरहरूबाट प्रभावित नहुन अनुरोध गरेको छ ।
पहिला नै बजारमा उपलब्ध भइसकेको यात्री पी–१ लाई अझै अप्टिमाइज गर्ने क्रममा रहेकाले यसको परीक्षण भइरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्