सरकारले अवलम्बन गरेको नीतिका कारण वाह्य क्षेत्र सन्तुलनमा सुधार


काठमाडौँ । गत आर्थिक वर्षमा सरकारले अवलम्बन गरेको आयात नियमन र नियन्त्रण नीतिको पुनरावलोकन र विप्रेषण आप्रवाहमा भएको वृद्धि भएका कारण वाह्य क्षेत्र सन्तुलनमा सुधार भएको जनाएको छ ।

अर्थमन्त्री प्रकाशशरण महत आर्थिक वर्ष २०७९ ८० को आर्थिक सर्वेक्षण पेश गर्दै गत आर्थिक वर्षमा वाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनको लागि अवलम्बन गरिएको आयात नियमन र नियन्त्रण नीतिको पुनरावलोकन र विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धि भएको फलस्वरुप वाह्य क्षेत्र सन्तुलनमा सुधार भएको बताएका हुन् ।

अर्थमन्त्री महतले शोधनान्तर स्थिती बचतमा रहेको र कोभिड १९ को प्रभाव कम भएसँगै पर्यटन आगमनमा उल्लेख्य वृद्धि भएको बताए । उनले वित्तीय पहुँचमा विस्तार भएको बताएका छन् ।