चालु आर्थिक वर्ष २ सय ४८ किलोमिटर सडक कालोपत्र


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० को फागुन महिनासम्म १७ हजार ४८० किलोमिटर कालोपत्र भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेश गर्दै चालु आर्थिक वर्षकाे ८ महिनामा २४८ किलोमिटर सडक कालोपत्र थप भएसँगै देशभर कालोपत्र भएकाे सडककाे कुल लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको बताए ।

२०७८/०७९ सम्म देशभर कालोपत्र भएकाे सडकको लम्बाइ १७ हजार २३२ किलोमिटर रहेको थियो । देशभर ग्राभेल सडकको लम्बाइ ७ हजार ९५६ किलोमिटर र ८ हजार ६६४ किलोमिटर सडक कच्ची अवस्थाको रहेको महतले तथ्याकं पेश गरेका छन् ।

यसअनुसार देशभर सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ । गत असारसम्म कुल सडकको लम्बाइ ३३ हजार ९९६ रहेको थियो ।