१४ हजारभन्दा बढी सहकारी संस्था ‘कोपोमिस’मा आवद्ध


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७३ चैतबाट सुरू गरेको सरकारी सफ्टवेयर ‘कोपोमिस’मा २०७९ फागुनसम्म ३ हजार २४१ थप सहकारी संंस्थाहरू आवद्ध भएका छन् ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०७९ / ०८० को आर्थिक सर्वेक्षण पेश गर्दै सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवम् एकीकृत तंथ्याकको लागि विकास गरिएको अनलाइन प्रविधिमा आधरित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली कोपोमिसमा २०७९ असारसम्म १० हजार ८ सय ४१ सहकारी संस्था आवद्ध भएको जानकारी दिए । त्यस्तै यस आर्थिक वर्षको फागुनसम्म ३ हजार २४१ थप भई हालसम्म १४ हजार ८२ सहकारी संस्था यस प्रणालीमा आवद्ध भएका छन् ।

देशभर २०७९ फागुनसम्म सहकारी संस्थाको संख्या ३१ हजार ३ सय ७३, शेयर सदस्य संख्या ७३ लाख ८१ हजार २ सय १८ र शेयर पुँजी रु ९४ अर्ब १५ करोड रहेको छ । सहकारी क्षेत्रमा रु ४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन भई रु ४ खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ ।