३१ हजार सहकारी संस्थामा ९१ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी


काठमाडौँ । देशभर संचालनमा रहेका सहकारी संस्थाले ९३ हजार ७७१ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेश गर्दै देशभर संचालन रहेका ३१ हजार ३ सय ७३ वटा संस्थाले २०७९ फाल्गुनसम्म ९३ हजार ७७१ जनालाई प्रत्यक्ष रोजगारी दिएको तथ्याकं पेश गरेका छन् ।

सहकारीले क्षेत्रले २०७९ असारसम्म ९१ हजार ३ सय प्रत्यक्ष रोजगारी प्रदान गरेको थियो । देशभर सहकारी संस्थाको संख्या ३१ हजार ३ सय ७३, शेयर सदस्य संख्या ७३ लाख ८१ हजार २१८ र शेयर पुँजी रु. ९४ अर्ब १५ करोड रहेको अर्थमन्त्री महतले बताएका छन् । सहकारी क्षेत्रमा रु. ४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन भई रु. ४ खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ ।