दोहोरो कार्यक्षेत्र भएका २० वटा संस्थान र समिति खारेज


काठमाडौं । सरकारले २० वटा संस्थान र समिति खारेज गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका औचित्य समाप्त भएका परिर्वतित समयमा आवश्यक नरहेका २० वटा खारेजी गरिएको बताएका हुन् ।

महतले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरुलाई एक अर्कामा गाभिने बताएका छन् ।

क्षेत्राधिकारका आधारमा प्रदेश तह तथा स्थानीय तहबाट सञ्चालन र व्यवस्थापन हुन उपयुक्त हुने विभिन्न पर्यटन प्रर्बधन बिकास समितिहरु तत् तत् तहमा हस्तान्तरण गरिने छ ।

यसरी खारेज भएका विकास समिति र नियकायहरुको सम्पत्ति र दायित्व व्यवस्थापनको कार्य सम्बन्धित मन्त्रालयले मसिंर मसान्त भित्र सम्पन्न गर्नुपर्ने भएको छ ।